टप्स स्कुलले जित्याे राष्ट्रपति रनिङ सिल्ड

पोखरा ।
राष्ट्रपति रनिङ सिल्ड तथा तृतीय मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०७९ को उपाधि टप्स बोर्डिङ स्कुलले उचालेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य पदकसहित टप्स च्याम्पियन बनेको हो । टप्सले कुल १३ पदक हासिल गरेको समितिका सदस्य सचिव सुवास खड्काले बताए ।
सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित द्वितीय स्थानमा रह्यो । सैनिकले कुल २० पदक हात पार्यो । सहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित तृतीय भयो । सहिद स्मृतिले कुल ११ पदक पायो । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्रछात्राका खेल भएका थिए ।
एथलेटिक्समा टप्सले ७ स्वर्ण, १ रजत र ४ कास्य हासिल गर्यो । सैनिकले ५ स्वर्ण ४ रजत र ६ कास्य हासिल गर्दै द्वितीय भयो । त्रिवेणी पब्लिक २ स्वर्णसहित तृतीय हुँदा कास्की मोडनाइज ४ रजत र २ कास्यसहित सान्त्वना भएको खेलकुद विकास समितिले जनाएको छ ।
कराँतेमा शितलादेवी मावि २ स्वर्ण, १ रजतसहित प्रथम भयो । न्य ुमिलिनियम एकेडेमी २ स्वर्णसहित द्वितीय र शिवशक्ति मावि १ स्वर्ण, १ रजत र ३ कास्यसहित तृतीय बन्यो । उसुतर्फ कालिका २ स्वर्णसहित पहिलो भयो । थ्रिएन्जल्स र ग्लोबल कलिजियट समान १ स्वर्णका साथ क्रमशः द्वितीय र तृतीय स्थानमा रहे । उसुमा समान पदक भएपछि अंकका आधारमा द्वितीय र तृतीय छुट्याइएको हो ।
तेक्वान्दोमा ४ स्वर्ण र १ रजतसहित सहिद स्मृति प्रथम भयो । १ स्वर्ण, १ रजत र १ कास्यसहित सैनिक द्वितीय र १ स्वर्णसहित अमरसिंह तृतीय भए । भलिबलको छात्रातर्फ युनिभर्स प्रथक, राष्ट्रिय मावि द्वितीय र स्पाइरल ग्यालेक्सी तृतीय भए । छात्रातर्फ शान्ता मावि प्रथम, जनप्रिय मावि द्वितीय र कन्या मावि तृतीय बने ।
कबड्डी छात्रातर्फ बेथानी प्रथम, कालिका द्वितीय र भवानी मावि तृतीय भए । छात्रातर्फ गौरीशंकर प्रथम, सहिद स्मृति द्वितीय र रामेश्वरी मावि तृतीय भए । प्रतियोगितामा ३० विद्यालयका १ हजार ६ सयभन्दा बढी खेलाडी सहभागी थिए । मंगलबार समारोहमा पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यालय स्तरमै खेलकुद विकास गर्न नसके खेलकुद क्षेत्रअघि बढ्न नसक्ने बताए ।
महानगरपालिकाले गर्ने खेलकुद प्रतियोगिताको वार्षिक क्यालेन्डर बनाइने उनले बताए । ‘वर्षभर हुने खेलकुदका हामी क्यालेन्डर बनाउँछौं । त्यसले परीक्षामा पनि असर पर्दैन । कुन खेल कहिले हुन्छ भन्ने थाहा पाएर तयारी गर्न पनि सजिलो हुन्छ,’ मेयर आचार्यले भने ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलकुदलाई व्यावसायिक बनाउन विद्यालय तहमै विद्यार्थीलाई उत्प्रेरित गर्न महानगर सक्रिय रहेको बताए ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया