
जोमसोम ।
मुस्ताङको थासाङस्थित कालिगण्डकी नदीमा निर्माणधीन लेते–धम्पु जोड्ने पक्की मोटरेबल पुल निर्माण सुरु भएको ३ वर्ष भयो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले २०७६ साल फागुन २९ गते पुलको ठेक्का सम्झौता गरेको थियो ।
पुलको सम्झौता सुरुवाती सम्झौता २०७९ साल साउन ३० गते सकिएपछि २०७९ साल चालु वर्षको चैत २८ गतेसम्म म्याद थप गरिएको थियो । लेते–धम्पु जोड्ने ३५ मिटर पुलको ३ वर्ष बितिसक्दा जम्मा भौतिक प्रगति २० प्रतिशतमात्र छ । पुल निर्माणका लागि ५ करोड ५० लाख लागतमा देव एण्ड सायर कन्न्ट्रक्सन काठमाडौंले ठेक्का सम्झौता गरेको थियो ।
अहिले पुलको कालिगण्डकी बायाँतर्फ फाउन्डेसन वाल निर्माणको काम भइरहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका कार्यालय प्रमुख विवेक सिक्देलले जानकारी दिए । थासाङको लेते–धम्पु जोड्ने सडक पुल निर्माणको सुरुवाती चरणमा कालिगण्डकी नदीको बाढी आउँदा फाउन्डेसन संरचना पुरिएको थियो ।
निर्माण कम्पनीले पुरिएको संरचना सफा गरी पुलको काम सञ्चालनमा ल्याएको हो । सुरुवाती चरणमै पुल निर्माण गर्नुअघि सो स्थानमा ल्याब टेस्ट लगायतका काममा ढिलाई हुँदा अपेक्षा गरेअनुरुप भौतिक प्रगति हुन नससकेको कार्यालय प्रमुख सिक्देलको भनाइ छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया