४९ युनिट रगत संकलन

लेखनाथ ।
सामुदायिक सेवा केन्द्र लेखनाथले राखेको खुला रक्तदानमा ४९ युनिट रगत संकलन भएको छ । सेवा केन्द्रको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना भएको हो ।
कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले राम्रो कामका लागि सिक्ने र सिकाउने अभियानमा लाग्न सबैलाई अनुरोध गरे ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारी, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख सुमनकुमार तिमिल्सेना, सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति कास्की अध्यक्ष भीम पराजुली, सामुदायिक सेवा केन्द्र लेखनाथका संस्थापक अध्यक्ष मोती गिरी, पोखरा महानगरपालिका वडा नं २७ की वडा सदस्य बुद्धिकुमारी थापा मगर लगायतले सामुदायिक सेवा केन्द्रले अगाडि सारेको योजना र रक्तदानको महत्वबारे बोलेका थिए ।
कार्यक्रममा उपाध्यक्ष गंगा खनाल र सचिव केशवराज तिवारीले पनि बोलेका थिए ।









लेखनाथ महोत्सवः जहाँ पुसको जाडोमा रत्यौलीको न्यानो घन्किन्छ
पोखरा विमानस्थलको भ्रष्टाचारमा ५ पूर्वमन्त्री सहित ५५ जनाविरुद्ध मुद्दा
सम्पादकीय—लेकसाइडमा सडकको सास्ती
प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया