३१ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ फागुन १० गते १३:२३

पोखरा ।
मिसा पुच नयाँबजारले राखेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । नयाँ बजार साँस्कृतिक परिवार ल्याम्हा पुचको सहकार्यमा मंगलबार कार्यक्रम भएको हो ।

आयोजकका अध्यक्ष यमुना तझ्या श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, नेवा मिसा पुच कास्कीका उपाध्यक्ष संगिता बुद्धाचार्य र रक्तसञ्चारका वरिष्ठ प्राविधिक सुनिता लम्साल, रोशन मान्नधर, शम्भुलाल श्रेष्ठ लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

कार्यक्रम संयोजक उषा शिल्पकारले धन्यवाद मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव मीना याकाजुले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया