गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा शिक्षकलाई खेलकुद तालिम

पोखरा ।
गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पटिहानी फुटबल क्लबले शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ ।
पटिहानी फुटबल क्लबको आयोजनामा ‘शिक्षासँगै खेलकुद’ भन्ने नारासहित भरतपुर– २२ पदमपोखरीको अमर उच्च माध्यमिक विद्यालयको खेलमैदानमा फागुन ६ देखि ९ गतेसम्म आयोजना गरिएको चारदिने तालिममा सञ्चालन भएको हो । तालिममा १२ जना विद्यालयका खेलशिक्षकसहित २९ जना सहभागी भएका थिए ।
विद्यालय तहको खेलकुद सुधार्न र समुदायमा खेल प्रशिक्षक तयार पार्न खेल प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको पटिहानी फुटबल क्लब (पिएफसी)का अध्यक्ष पोष्टराज तिमल्सिनाले सुनाए । खेलको जगका रूपमा विद्यालय खेलकुद भएकाले त्यही तहबाट अब्बल खेलाडीको छनोट र उचित प्रशिक्षण दिन तालिम सफल हुने क्लबको विश्वास छ ।
गण्डकी विश्वविद्यालयका ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदीले समग्र फुटबल विकासमा टेवा पुग्ने अपेक्षा गरिएको बताए । ‘हामी विश्वस्त छौं कि हाम्रो सामुदायिक कोचिंग कोर्सले तपाईंलाई सबै उमेर र क्षमताका खेलाडीहरूलाई प्रभावकारी रूपमा तालिम दिन आवश्यक सीप र ज्ञानले सुसज्जित गरेको छ,’ सुवेदीले भने । तालिमले नेपालको फुटबलको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने कोअर्डिनेटर सुवेदीले विश्वास व्यक्त गरे ।
नेपाली फुटसलका मुख्य प्रशिक्षक एवं एएफसी ए लाइसेन्स प्राप्त राष्ट्रिय टिमका पूर्वसहायक प्रशिक्षक विष्णु गुरुङसँगै चितवन जिल्ला फुटबल संघका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
तालिममा गण्डकी विश्वविद्यालयका ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट प्रोग्रामका एकेडेमी कोअर्डिनेटर डा. मधुसुदन सुवेदी, प्राध्यापक सुरेशबहादुर थापा, आशिष आचार्य र सोनाम बुद्ध लामाले सैद्धान्तिक ज्ञानको प्रशिक्षण दिएका थिए ।
गण्डकी विश्वविद्यालयले सहकार्यमा सञ्चालन भएको उक्त तालिममा भरतपुर महानगरपालिका– २२ को कार्यालय र एलटिके आर्ट एन्ड स्पोर्टसले पनि समन्वय गरेको थियो । गण्डकी विश्वविद्यालयले नेपालमै पहिलो पटक ब्याचलर इन स्पोटर्स् म्यानेजमेन्टको पढाइ सञ्चालन गरेको हो ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया