माछापुच्छ्रे माविमा गणित र विज्ञान प्रदर्शनी

पोखरा ।
माछापुच्छ्रे मावि माछापुच्छ्रे गाउँपालिका – २, भुर्जुङखोलाले विद्यालयको ५५ औँ वाषिकोत्सव, अभिभावक दिवसको अवसरमा गणित तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ । गणित र विज्ञान विषयलाई दैनिक जीवन र व्यावहारिक ज्ञानसँग जोडेर सहज सिकाइका लागि सम्बन्धित विषयका करिब १५० परियोजनामध्ये उत्कृष्ट ७५ लाई प्रदर्शनीमा राखिएको थियो । उक्त प्रदर्शनी २ दिन चलेको प्रअ सन्तोष आचार्यले जनाए ।
माछापुच्छ्रे गाउँपालिका, वडा नम्बर २ का वडाध्यक्ष गणेश आचार्यले प्रदर्शनी उद्घाटन गरेका थिए । त्यस अवसरमा माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले गणित र विज्ञानका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने माछापुच्छ्रे माविका विद्यार्थीको सिप र कलाको सिको अन्य विद्यालयले समेत गर्नुपर्नेमा जोड दिइन् ।
मर्दिखोला शैक्षिक प्रतिष्ठान, कास्कीबाट आर्थिक सहयोग प्राप्त उक्त प्रदर्शनीको उद्घाटन सत्रमा प्रतिष्ठानका सचिव डिल्लीराम गिरीले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । विज्ञान प्रदर्शनीको पहिलो दिन १६ वटा छिमेकी विद्यालयका करिव २००० विद्यार्थीले अवलोकन गरेका थिए ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा विद्यालयले अन्तर विद्यालय (१–५) हाजिरी जवाफ प्रतियोगितासमेत गरेको माछापुच्छ्रे माविका शिक्षा प्रमुख नीलराज अधिकारीले जानकारी दिए । ९ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा माछापुच्छ्रे माध्यमिक विद्यालय, सागर मेमोरियल बोर्डिङ स्कुल र वाराही आधारभूत विद्यालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरे ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर गुरुङको अध्यक्षतामा सञ्चालित कार्यक्रम सञ्चालन विद्यालय शिक्षक नेपालप्रकाश अधिकारीले गरेका थिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया