पोखरा ९ मा धुप बनाउने तालिम

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का गृहणीलाई व्यावसायिक बनाउन धुप बनाउने तालिम प्रदान गरिएको छ । वडाका ५ वटा टोल पार्वती, शिव, शुभकामना, गणतान्त्रिक र कृष्णटोलका ६५ जना गृहणी महिलालाई ५ दिने धुप बनाउने तालिम दिइएको थियो ।
तालिम समापनको अवसरमा कार्यक्रमका वडा सदस्य नन्दराम गिरीले सहभागीलाई प्रमाणपत्र दिँदै सिप सिकेर मात्रै नहुने बताएका थिए । उनले समूहमा लगानी गरी धुप बनाउने घरेलु उद्योग स्थापना गर्न सल्लाह दिँदै आफूले सहयोग गर्ने पनि बताएका थिए ।
प्रशिक्षक तीर्थ श्रेष्ठले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परे आफू सहयोग गर्र्न तत्पर रहेको बताएकी थिइन् । रुपा केसीले सहभागीको तर्फबाट मन्तव्य राख्दै तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको बताएकी थिइन् ।
कार्यक्रममा वडा सदस्यहरु गीता नेपाली, लक्ष्मी पहारी, समाजसेवी उत्तम जोशी, टोल विकास संस्थाका अध्यक्षहरु, आमा समूहका अध्यक्षहरुले आफ्ना विचार व्यक्त गरेका थिए ।
पार्वती, शिव, शुभकामना, गणतान्त्रिक टोलका महिलालाई निशुल्क तालिम उपभोक्ता समूहकी अध्यक्ष लेखमाया थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरस्वती नेपालीले गरेकी थिइन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया