लिटिल स्टेप माविको ४० औं वार्षिकोत्सव

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालयले आफ्नो ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित विज्ञान तथा हस्तकला प्रदर्शनीको उद्घाटन डाँडाखर्क एकता परिवारका अध्यक्ष भोजप्रसाद गुरुङ एवं प्रगति आमा समूहकाअध्यक्ष कुलमाया पौडेलले गरेका थिए ।
मूल समारोह उद्घाटन दीपप्रज्ज्वलनसहित प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले गरेका थिए । समारोहमा हस्तकला प्रदर्शनी र सांस्कृतिक प्रस्तुति आकर्षणका केन्द्र थिए ।
समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ, नगर शिक्षा विकास समन्वय इकाइ, कास्कीका इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, सञ्चालक समिति सदस्य भीमनाथ बराल, पूर्व शिक्षक गीता दवाडी, अभिभावक टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयका प्राचार्य पम्फा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने शैक्षिक सत्र २०७८ को सम्पूर्ण शैक्षिक पुरस्कार समेत वितरण गरिएको थियो । सभापतित्व विद्यालय सञ्चालक समितिका अध्यक्ष शेरबहादुर गुरुङले गरेको कार्यक्रममा उद्घोषण शिक्षकद्वय ताराप्रसाद सुवेदी र चित्रबहादुर अधिकारी एवम् विद्यार्थी गणबाट भएको थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया