मुखभित्रको क्यान्सरको पोखरामै सफल शल्यक्रिया

पोखरा ।
मुखभित्र हुने क्यान्सरको जटिल शल्यक्रिया पोखरामा सफलरुपमा गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पर्वत जिल्लाका ५४ वर्षे पुरुषको मुखभित्रको क्यान्सरको जटिल शल्यक्रिया गरेको हो ।
प्लाष्टिक सर्जन डा. पीयूष गिरीसहितको टिम र म्याग्जीलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकको टोलीले पर्वतका ५४ वर्षीय पुरुषको शल्यक्रिया गरेको हो ।
गत २९ माघमा ती पुरूषको तेस्रो स्टेजको क्यान्सर शल्यक्रिया विधिबाट हटाएर बिरामीकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको थियो ।
अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीका अनुसार सफल शल्यक्रिया भएका बिरामी फागुन ७ गते डिस्चार्ज भएर घर गइसकेका छन् ।
मुखभित्र घाउ भएको ठाउँ शल्यक्रिया गरी फालेर उनकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको निर्देशक खत्रीले बताए ।
तेस्रो स्टेजमा पुगिसकेको क्यान्सरको शल्यक्रिया म्याग्जिलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेको टोलीले लगातार १० घन्टाको मेहनतपछि सफल भएको थियो ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया