समता सांगीतिक कार्यक्रम

समाधान संवाददाता २०७९ फागुन १४ गते १२:०३

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक २ महिनामा आयोजना गर्दै आएको समता सांगीतिक कार्यक्रमको ९६ औं शृंखला शनिबार भएको छ ।

कार्यक्रममा गायक समीर गायक, जय चपागाई, महिमा खड्का, प्रतीक शर्मा, सुरेश सुनार, पुष्प शर्मा, संस्कार गौतम, वुद्धि हमाल, सुष्मिता बास्तोला, अभिशेक भुसाल, लगायतका कलाकारले गायकी प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वाद्यवादनतर्फ प्रशिक्षकहरु करण तामाङ, खेम लामा र अम्बर थापा, देवेन्द्र ढकाल, मिलन गिरी, समीर पुन, प्रतीक शर्मा र शर्मिला रोकायाले साथ दिएका थिए ।

Advertisement

संस्थाका संगीत संयोजक एमडी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा झलकमान सारंगी पाठशालाका प्रशिक्षार्थीले मंगल धून सुनाएका थिए । कार्यक्रममा संस्थाका सचिव डा. चैतन्य अधिकारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया