मिडिया काउन्सिल विधेयकविरूद्ध पोखरामा विरोध प्रदर्शन

समाधान संवाददाता, पाेखरा
सञ्चार माध्यममाथि अंकुश लगाउने गरी प्रस्तावित मिडिया काउन्सिल विधेयकविरूद्ध नेपाल प्रेस युनियन कास्कीले बिहीबार विरोध प्रदर्शन गरेको छ।
वर्तमान सरकारले यो वा त्यो बहानामा मिडियालाई नियन्त्रण गर्ने नियत राखेर ल्याउने तयारी गरेको आम सञ्चार माध्यम लगायतका विधेयकको खारेजीको माग गर्दै युनियन प्रदर्शन गरेको हो।
पोखराको महेन्द्रपुलदेखि सुरू भएको विरोध प्रदर्शन चिप्लेढुंगा पुगेर कोण सभामा परिणत भएको थियो।
कोण सभामा प्रेस युनियन नेपालका उपाध्यक्ष रमेश पौडेल, प्रेस संगठन कास्की नेता सन्देश श्रेष्ठ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, उपाध्यक्ष प्रकाश सापकोटा, सचिव प्रदीप पौडेललगायतले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकलाई तत्काल खारेजीको माग गरे।
उनीहरूले प्लेकार्ड र सञ्चार सामग्रीसहित विरोध प्रदर्शन गरेका थिए। पत्रकारलाई लेख्नै बन्देज गर्ने विधेयक आउनु लोकतन्त्रमाथिकै हस्तक्षेप भएको उनीहरूको भनाइ थियो।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया