डायमन्ड माविको वार्षिकोत्सव

लेखनाथ ।
पोखरा २७ तालचोक स्थित डायमन्ड माविले ३५ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । शुक्रबार र शनिबार विविध कार्यक्रम भएका हुन् । समारोहमा भएको फुड फेस्टिभलले धेरैको ध्यान तानेको थियो ।
शनिबार भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई किताबी ज्ञानका साथमा व्यवहारिक र अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा दिनुपर्ने बताए ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्णकुमार गुरुङ लगायतले बोलेका थिए । विगत ३ वर्षदेखि कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाइ सञ्चालन गर्दै आएको विद्यालयले वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्ट आयोजना गरेको माधवशरण उपाध्यायले बताए ।
पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक संकायका डिन अजय थापाले शैक्षिक क्षेत्रको उन्नयन र विकासका लागि सरकारी, गैह्रसरकारी, निजी संघ, संस्था र मिडियाको भूमिका उल्लेखनीय हुने बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया