नव आदर्शलाई संगम कपको उपाधि

पोखरा ।
पोखरा लामाचौरमा रहेको नव आदर्श सामुदायिक विकास समाजले आठौं संस्करणको संगम कप विल स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नव आदर्शले २४ वर्षपछि उपाधि जितेको हो । समाजले २४ वर्षअघि जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको क्लब स्तरीय लिग फुटबलमा जितेको थियो ।
संगम क्लबको आयोजनामा शनिबार भएको फाइनलमा साविक उपविजेता एलजी एसोसियसनलाई ३-२ ले पराजित गर्दै नव आदर्श च्याम्पियन बनेको हो । समाजले उपाधिसहित १ लाख ७५ हजार पाएको छ । नव आदर्शको जितमा सागर राई र सुशान्त गुरुङले समान १ गोलको योजदान दिए ।
एलजीका लागि आशीष गुरुङले २ गोल गरे । यस वर्ष पनि उपविजेता बन्न सफल भएको एलजीले नगद १ लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । खेलको नवौं मिनेटमा आशीष गुरुङले एलजीलाई सुरुवाती अग्रता दिलाए । २० औं मिनेटमा एलजीका सञ्जय जलारीले क्लियर गर्न खोज्दा आत्मघाती गोल भयो ।
३६ औं मिनेटमा आशीषले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पु¥याए । खेलको ६५ औं मिनेटमा नव आदर्शका सागर राईले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेट खेल सकिन १ मिनेट बाँकी हुँदा सुशान्त गुरुङले गरेको गोलले नव आदर्शलाई २४ वर्षपछि जित प्राप्त भयो ।
एलजीले पाएका ७ भन्दा बढी अवसर खेर गए । प्रायः एलजीको दबाबमा परेको नव आदर्शले पाएका थोरै अवसरलाई गोलमा परिणत गर्दा पनि नजिता आफ्नो पक्षमा पार्न सफल भयो । फाइनल खेलमा म्यान अफ दि म्याच बनेका सुशान्त गुरुङ उत्कृष्ट खेलाडीसमेत घोषित भए ।
उत्कृष्ट स्टाइकरमा एलजीका आशीष गुरुङ, उत्कृष्ट डिफेन्डरमा एलजीकै संगम ठकुरी, उत्कृष्ट मिड फिल्डरमा नव आदर्शका अनुज भण्डारी र उत्कृष्ट गोलरक्षक नव आदर्शका आशीष केसी घोषित बने । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजारका साथमा ट्रफी प्रदान गरिएको छ ।
विजयी खेलाडीलाई पोखरा १३ का वडाध्यक्ष किरण बराल, जिल्ला खेलकुद विकास समिति कास्की तथा पोखरा १५ का अध्यक्ष तोरण बानियाँ, अखिल नेपाल फुटवल संघ(एन्फा) कास्की अध्यक्ष उज्ज्वल रन्जित, एन्फा कास्कीका पूर्व उपाध्यक्ष बिक्रम थकाली, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारी, मनकामना पेट्रोल पम्पका सञ्चालक सुनील गुरुङ, पोखरापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देल, प्रतियोगिता संयोजक शिव गुरूङ (माया) लगायतले पुरस्कार वितरण गरे ।
फागुन ८ देखि सुरु भएको उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको अफिसियल राजेन्द्र तामाङले बताए । समापन कार्यक्रममा क्लबले पूर्व खेलाडी हरि लामा तामाङ र खेल पत्रकार दिननाथ बराललाई सम्मान गरेको छ ।
संगम क्लबले २०६८ मा जिल्लामा छनोट भई राष्ट्रिय लिग खेलेको थियो । पूर्व खेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तानसमेत रहेका बिल तामाङको स्मृतिमा क्लबले यो प्रतियोगिता सञ्चालन गरेको सचिव विकल थुलुङ राईले बताए ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया