‘अभिावकबिहीन बालबालिकाको संरक्षणमा चुनौती’

समाधान संवाददाता २०७९ फागुन १५ गते १३:४०

पोखरा ।
कोपिला बालगृहको शनिबार वार्षिक सामाजिक लेखा परिक्षण भएको छ । अभिभावकविहीन बालबालिकालाई संरक्षण तथा दिने शिक्षा दिने उद्देश्यले २०६३ मा स्थापना भएको गृहको पहिलो लेखा परिक्षण कार्यक्रम भएको हो ।

Advertisement

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका बाल अधिकार अधिकृत बिष्णु अधिकृतले गृहका कारण अभिभावकविहीन बालबालिकाको व्यवस्थापन गर्न सरकारलाई सहयोग पुगेको बताइन् । सरकारले एक्लै व्यवस्थापनमा रहेको चुनौती समाधान गर्न गैरसरकारी संस्थाको सहयोगले सहज हुने उनले बताइन् ।

‘गृहले राम्रो काम गरेको भए पनि राष्ट्रिय बालअधिकारमा सुचिकृत नहुँदा यसको कार्यता सिद्ध भएको छैन उनले भनिन्, यहाँका बालबालिका निजी विद्यालयमा मात्र पढ्ने गरेका छन्, उनीहरुलाई सामुदायिक विद्यालयमा पनि पढाउनुपर्छ ।’ गृहलाई आवश्यक सहयोग गर्ने तथा राष्ट्रिय बालअधिकारमा सुचिकृत बनाउन २४ घण्टा तत्पर रहने उनले प्रतिवद्धता दिइन् ।

अभिावकबिहीन बालबालिकाको संरक्षणमा ठूलो चुनौती रहेको राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेको भनाइ छ । । कस्ता बालबालिकालाई संस्थागत संरक्षण चाहिन्छ भन्ने छुट्टाउने आधार नभएको वाग्लेले बताए ।

बालबालिका संस्थाको संरक्षणमा आउनु भनेको अन्तिम विकल्प हो, परिवार, समाजले पनि संरक्षण दिन नसक्ने अवस्थामा बल्ल संस्थाले संरक्षण दिने हो,’ वाग्लेले भने, बाल गृह सञ्चालन गर्न पनि सहज छैन, सरकारले तोकेको १८ वटा मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न पाइन्छ ।

Advertisement

गृहबाट पुनस्थापना भएकी चिजा परियारले गृहले आधारभूत आवश्यकता र अधिकार पुरा गरिदिएको बताइन् । ‘गृहको कारण स्कुल पढ्न पाए, अहिले फेसन डिजाइनिङ पढिरहेकी छु, ’ उनले भनिन्, ‘सायद यति सुविधा मैले मेरो परिवारबाट पनि पाउने थिइन होला ।’ अर्का पुनस्थापना भएकी ममता पोखरेलले गृहले संरक्षणसँगै शिक्षा, संस्कार र अनुशासन पनि दिएको बताइन् । उनी जनप्रिय क्याम्पसमा आइटी पढिरहेकी छन् ।

बालबालिकालाई शिक्षा उपलब्ध गराउनु राम्रो काम रहेको त्यहाँ उपस्थितको भनाइ थियो । ‘गृहले संस्कार, अनुशासन सिकाएको छ, सबै जात र धर्म समान हुन् भन्ने सिकाएको छ,’ उनीहरुले भने । सेवा विस्तार गर्न तथा सहयोगदाता जोड्न उनीहरुले सुझाएका थिए ।

गृहमा ४० बालबालिका राख्न मिल्ने भए पनि हाल ३७ जना मात्र रहेका गृहका अध्यक्ष भुपालजंग कुँवरले जानकारी दिए । पुनस्थापना भएका २ जनाले एमबिबिएस र एक जनाले इन्जिनियरिङ पढिरहेको बताए । गृहमा अतिरिक्त क्रियाकलापसँगै रुचि अनुसारको तालिम पनि प्रदान गरिएको कुँवरले बताए ।

तपाईको प्रतिक्रिया