प्रतिभाका अजरलाई स्वर्ण

पोखरा ।
प्रतिभा मावि, पोखरा–४ पालिखेचोकका विद्यार्थी अजर गुरुङ र विनीताकुमारी चापागाईंले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् । चौथो संस्करणको यो राष्ट्रिय प्रतिस्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाईंले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् ।
विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिस्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व गर्न लायक परिणाम विद्यार्थीले हात पारेका छन्,’ सापकोटाले भने ।
सापकोटाका अनुुसार यो प्रतिस्पर्धामा मुलुकभरका विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएका थिए । गण्डकी प्रदेशबाट प्रतिभाका मात्र चारजना विद्यार्थी सहभागि थिए । प्रतिभाका अजर र विनीतासँगै डिलाइला दुरा र कृसु गुरुङले पनि सहभागिता जनाएका थिए । पदक विजेता गुरुङ र चापागाईंसहित चारैजना विद्यार्थीले विद्यालयको १२ कक्षामा व्यवस्थापन विषयमा अध्ययन गरिरहेका छन् ।
यो विधामा विभिन्न विषयमा दक्खल राख्ने विद्यार्थीबीच प्रतिश्पर्धा भएको थियो । अजरले यसअघि पनि ‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा स्वर्ण पदक हात पारेका थिए । गत डिसेम्बर ३ र ४ मा चीनमा भएको प्रतिस्पर्धामा विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया