फ्लो फ्लो कपमा दोस्रो दिन ४ खेल

पोखरा ।
पोखरा महानगरपालिका १३ माछापोखरीमा आयोजित गन्नी एफसी फुटबल क्लबद्वारा आयोजित ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुला फुटबल प्रतियोगिता अन्तर्र्गत दोस्रो दिन ४ खेल भएका छन् । दोस्रो दिनको पहिलो खेलमा ढुंगेसाँघु फुटबल क्लबले सिंदीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा ढुंगेसाँघुका जय गुरुङले निर्णयक गोल गरेका थिए ।
दोस्रो खेलमा कमलपोखरीले पोखरा पसगाँउलाई ३–०को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । प्रतियोगितामा कमलपोखरीका सन्दीप गुरुङले २ र प्रदीप गुरुङले १ गोल गर्न सफल भए । तेस्रो खेलमा हाम्रो एफसीलाई कृष्ती एफसीले २–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।
खेलमा कृष्ती एफसीका योगेश क्षेत्री र मनोज गुरुङले समान १ गोल गर्दै प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गर्न सफल रहे भने हाम्रो एफसीका अनिस श्रेष्ठले सान्तवना गोल गरे ।
चौथो खेलमा गन्नी ब्लुले निकुु एफसीलाई ७–२ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलमा गन्नी ब्लुको तर्फबाट गनेश क्षेत्रीले ६ गोल र हेमन्त तामाङले १ गोल गर्न सफल रहे भने निकुको तर्फबाट प्रयास गुरुङले २ गोल गर्न सफल रहे ।
प्रतियोगिताका विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित २ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ । उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ७ दिइनेछ । उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया