ओम शान्तिमा पत्रकार त्रिभुवनको सम्झना

समाधान संवाददाता २०७९ फागुन १७ गते ११:११

पोखरा ।
गत माघ १ गते विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेलको सपना पूरा गर्न सबै लाग्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रय सदस्य, महासंघ गण्डकी संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष पौडेलको ४५ दिनको पुण्यतिथिमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखा (ओम शान्ति) मा आयोजित कार्यक्रमका वक्ताले यस्तो विचार राखेका हुन् ।

श्रद्धञ्जली सभा आयोजना गरी पौडेलको परिवारजनसँगै उक्त कार्यक्रम गरिएको ब्रह््रकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी सञ्चालक अप्सरा दिदीले बताइन् ।

Advertisement

पत्रकार पौडेलले पत्रकारिता क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्र र विभिन्न संघ, संस्थामा समेत उल्लेखनीय योगदान गरेको उनको भनाइ छ । शोकलाई शक्तिमा बदल्दै अघि बढ्नुको विकल्प नभएको उनले औंल्याइन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले पत्रकार पौडेलको सपना पूरा गर्न उनको परिवारजनको साथमा अरु धेरै मानिस रहेको जनाए ।

Advertisement

नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष, मञ्चका पूर्व सल्लाहकार पौडेलको स्मृतिमा स्थापना हुन लागेको अक्षयकोषमा मञ्चले प्रारम्भिक चरणमा १५ हजार सहयोग गर्ने उनले बताए ।

ओम शान्तिका दुर्गा पौडेलले पत्रकार त्रिभुवनले देखाएको बाटो अवलम्बन गर्नुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधि, विभिन्न संघ, संस्थाका प्रतिनिधि, पौडेलको परिवारजन, पत्रकारहरुको सहभागिता रहेको राधिका शर्मा कँडेलले बताइन् ।

माघ १ गते पोखरामा यती एयरलायन्सको विमान दुर्घटनामा परी पत्रकारहरु पौडेल र अनिल शाहीसहित ७२ जनाको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया