गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्: माननीयलाई मिडियाले खेदेको खेद्यै, जनताले पनि टोकेको टोक्यै

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माननीयहरुलाई मिडिया र जनताले खेदेको खेद्यै गरेको बताएका छन् । प्रेस क्लब गण्डकीको पहिलो अधिवेशनमा शनिबार मुख्यमन्त्री अधिकारीले जनप्रतिनिधिलाई मिडिया र जनताले सैतानको जस्तो व्यवहार गरेको बताएका हुन् ।
‘मानीयहरु मानौं की यस्ता हुन्, यी त सैताननै हुन्, मिडियाले पनि खेदेको खेद्यै गर्छ, हेर ५० हजारको जुत्ता लगाछ भन्ला जस्तो, हेर घर त यस्तो बनाको भन्ला जस्तो, यो माननीय भनेको त बनाउन चाहिँ जनप्रतिनिधि बनाउनी, जनताले जनताले पनि उसलाई टोकेको टोक्यै हुन्छ, यी मिलेर बाँडेर खाए भन्छन्,’ मुख्यमन्त्री अधिकारीले भने ।
मिडिया र जनप्रतिनिधिहरुबिच अन्योन्याश्रित सम्बन्ध हुनुपर्नेमा दरार देखिएको मुख्यमन्त्री अधिकारीले जनाए । उनले भने, ‘निर्वाचित संस्थाहरुलाई बलियो सवलीकरण कसरी गर्ने ? त्यो तर्फ मिडिया र निर्वाचित जनप्रतिनिधिहरुबिचको अन्यास्रित हुनुपर्ने हो नि । तर, दरारनै देखिन्छ पहिरो जाने गरेर ।’







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया