३० युनिट रगत संकलन
समाधान संवाददाता
२०७९ फागुन २१ गते १३:४३

पोखरा ।
पोखरा १५ मा अवस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ । प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३० युनिट रगत संकलन भएको छ ।
पोखरा १० स्थित ग्यालेक्सी हस्पिटलको सहकार्यमा ७१ जनाको निःशुल्क सुगर, प्रेसरको जाँचसहित अन्य स्वास्थ्य परीक्षण भएको छ । कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ सह प्राडा नम्रता केसी (थापा) ले रक्तदान वास्तवमा जीवन दान नै भएको बताइन् ।
बुद्धिमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा सुपरीवेक्षण समिति संयोजक भोविन्द्र गिरी, सञ्चालक समिति सदस्य भूपेन्द्र गौचन, शिक्षा उपसमिति सदस्य सरस्वती अधिकारी, वरिष्ठ व्यवस्थापक बृहस्पति अधिकारी, सुपरभाइजर विकल्प कुँवर, शिक्षा उपसमिति सदस्य तुलबहादुर गुरूङ र तिलक थापाले बोलेका थिए ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया