लेकसिटी ब्याडमिन्टन सोमबारदेखि सुरु

लेखनाथ ।
लेकसिटी ब्याडमिन्टन क्लब लेखनाथको आयोजनामा सोमबारदेखि तेस्रो राष्ट्रिय खुला ब्यडमिन्टन प्रतियोगिता सुरु भएको छ । पोखरा २९ पटनेरीस्थित बागलुङ समाजको कवडहलमा २२ देखि २४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गरे ।
अध्यक्ष आत्रेयले खेलको माध्यमबाट शरीरलाई स्वच्छ र साथीभाइबीचमा मित्रताको भावना बढ्ने विश्वास व्यक्त गरेका थिए । विभिन्न चार समूहका बिच हुने खेलहरुमध्ये ए लेबल पुरुष डबलमा १३ टिम, महिला डबलमा सात टिम, पुरुष सुपर भेन्ट्रासमा नौ टिम र बि लेबल पुरुष डबलमा सात टिमले प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगितामा विजयी हुने ए लेबल पुरुष डबलका विजयी समूहलाई ४१ हजार, उपविजेतालाई २२ हजार र सान्त्वना दुई समूहलाई ६/६ हजार नगद सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । अन्य समूहका विजेतालाई ३५ हजार, उपविजेतालाई १८ हजार र सान्त्वना दुई समूहलाई ६/६ हजार नगद सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिएका छन् ।








पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया