‘श्रमिकका समस्या सुल्झाऔं’

पोखरा ।
नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औं स्थापना दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीद्वारा आइतबार पोखरामा आयोजित कार्यक्रममा श्रमिक वर्गले भोग्दै आएका समस्याको दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिइएको छ ।
नेपालका परिवर्तनका आन्दोलनमा श्रमिक वर्गले अतुलनीय योगदान गरे पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखिएको बताउँदै वक्ताहरूले उनीहरूका सामाजिक सुरक्षाका विषयलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संघर्ष स्वरुप प्राप्त परिवर्तनलाई व्यवस्थापन गर्न समय समयमा चुक्दा समस्या आउने गरेको बताए ।
हामीसँग पर्याप्त प्राकृतिक सम्पदा रहे पनि उपयोग हुन नसकेको वास्तविकतामा क्षमतालाई भरपुर उपयोग हुने वातावरण सिर्जना हुनुपर्नेमा जोड उनले जोड दिए । श्रमिक क्षेत्रका समस्याको समाधानका लागि कांग्रेस प्रतिवद्ध भएको बताउँदै उनले सबै मिलेरअघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपमहासचिव राजेश पालिखेले श्रमिक वर्गले भोग्दै आएका सामाजिक सुरक्षा लगायत समस्याको दीर्घकालीन समाधानका लागि नीतिगत व्यवस्थासँगै कानुनको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस कास्कीका शुभेच्छुक संस्था संस्था संयोजक गंगाधर पराजुलीले नेपालका सबै किसिमका आन्दोलनमा दलले मजदुर वर्गलाई प्रयोग गर्दै आए पनि उनीहरूका समस्या समाधानलाई प्राथमिकतामा नराखेको विचार राखे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जीतबहादुर गुरुङ, निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमल्सिना लगायतले मजदुरका समस्यालाई दीर्घकालीन समाधान गर्नेतर्फ लाग्नु जरुरी रहेको बताए ।








एमाले अध्यक्षमा ओली र महासचिवमा शंकर पोखरेल विजयी
८३ वर्षमा ‘धान्द्रुके बाजे’ बने चन्द्रबहादुर, पाए नागरिकता र भत्ता
अन्नपूर्ण बेसक्याम्पमा सञ्चार विच्छेदको सास्ती : मन्त्री खरेलद्वारा तत्काल टावर राख्ने प्रतिबद्धता
सम्पादकीय—अख्तियारको सक्रियताले जगाएको आशा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया