पत्रकारका लागि भाषा सम्पादन तालिम

पाेखरा ।
क्रियाशील पत्रकारहरुका लागि पोखरामा भाषा सम्पादन तालिम सुरु भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा शुक्रबार देखि आइतबार सम्म तालिम हुनेछ । तालिमको सहजकर्ताको रुपमा भाषाविज्ञ शरच्चन्द्र वस्ती र विमल आचार्य रहेका छन् । तालिमको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।
उनले भाषा अग्रगामी हुने र भाषाको विषयमा पत्रकार सक्षम हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । तालिमले भाषाको कलात्मकताको विषयमा सुधार ल्याउन मदत पुग्ने विश्वास लिएका छन् । ‘संचार जगतमा काम गर्ने संचारकर्मीले भाषाका विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । भाषाका विषयमा समयसापेक्ष हुन सकेनौं भने स्वभाविक रुपमा आक्रमण हुँदै जान्छ ।’, उनले भने ।
भाषाको विषयलाई व्यापक बनाउन सबै सचेत हुनुपर्ने आवश्यकता रहेको भनाई मुख्यमन्त्रीको छ । कलम चलाउँदा दुर्घटना नहुने गरी भाषाको प्रयोग गर्न पत्रकारलाई उनले आग्रह गरेका छन् । भाषा सम्पादनको तालिमले नयाँ उर्जा मिल्ने उनले बताए ।
सहजकर्ता शरच्चन्द्र वस्तीले मुल संचार माध्यम भनेकै भाषा भएको उल्लेख गरे । उनले सबैखालको विषयगत रिर्पोटिङका लागि भाषा महत्वपूर्ण भएको बताए । समाचारमा भाषाको प्रयोग गर्दा अनर्थ नलाग्ने शब्दको प्रयोग गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।
प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले संचारमाध्यममा आएका समाचारमा भाषाशैली स्तरिय नहुँदा समस्या आएको बताइन् । भाषाको स्तर गिर्दो हुँदा समाजमा विकृति फैलिएको अभिव्यक्ति उनको छ । उनले समय समयमा भाषाका विषयमा तालिम गर्दै जानुपर्ने सुझाव दिएकी छिन् ।
पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोबिन्द सुवेदीले भाषा शुद्धिकरणमा तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । उनले समाचार लेखनमा भाषाको अज्ञानता हुँदा वेअर्थ लाग्ने गरेको भनाई उनको छ ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको भाषा सम्पादन तालिम फलदायी हुने विश्वास लिएकी छिन् । उनले भाषा माथि नै प्रश्न चिन्ह खडा हुँदा भाषा सम्पादनको तालिम आवश्यक ठानेर आयोजना गरिएको जानकारी गराइन् ।
गण्डकी सरकार प्रेसमैत्री तवरले अगाडि बढेमा संचारमाध्यममा भाषाका विषयमा आएका समस्यालाई समाधान गर्ने गरी लाग्न सकिने धारणा उनको छ । प्रेस सुधारमा सरकारको दायित्वको पनि अपनत्व हुने गरी लाग्न उनले आग्रह गरेकी छिन् ।
तालिमका संयोजक पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले नेपाली भाषामा पटकपटक आक्रमण हुँदा समस्या खेप्नुपरेको बताए । जसलाई समाधान गर्न यस्ता तालिमको आवश्यक पर्ने भनाई उनको छ । पोखरामा क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारहरुले तालिम बाट लाभ लिनेमा उनी विश्वस्त देखिन्छन् । तालिममा ५५ जनाको सहभागिता छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया