मुस्ताङमा नून र युरोनियम खोज्दै भूगर्भ विभाग

समाधान संवाददाता २०७६ जेठ ४ गते ८:५०

सुन्दरकुमार थकाली

मुस्ताङमा नून र युरोनियम खानी अन्वेषण सुरु भएको छ । खानी तथा भूगर्भ विभागको २ सदस्यीय टोली मंगलबार अध्ययनका लागि मुस्ताङ आएको हो ।

संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा वरिष्ठ भूगर्भविद् धर्मराज खड्का र भूगर्भविद् नरेश महर्जन मुस्ताङ आएका हुन् । टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङको नून खानी अवलोकन गरेको छ ।

Advertisement

शनिबार युरोनियम अन्वेषणका लागि जाने खड्काले जानकारी दिए । टोलीले उपल्लो मुस्ताङमा ३ बसेर युरोनियम खानीको अध्ययन गर्ने योजना छ ।

टोलीले तेताङको नून खानी व्यावसायिक रुपमा सञ्चालन गर्ने सम्भावना कम रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । चट्टानमुनिबाट बग्ने नून मिश्रित पानी सुक्दै गएकाले उद्योग रुपमा विस्तार गर्न नसकिने टोलीको ठहर छ ।

Advertisement

तपाईको प्रतिक्रिया