‘प्रविधिमा महिलाको पहुँच जरुरी’

समाधान संवाददाता २०७९ फागुन २८ गते १२:३९

पोखरा ।
अन्तर्राष्ट्रिय नारी दिवसको अन्दर्भमा नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतको लैंगिक तथा सामाजिक समावेशीकरण समितिले प्रविधिमा महिलाको पहुँच विषयक अभिमुखीकरण आयोजना गरेको छ ।

Advertisement

१ सय १३ औं नारी दिवसको अवसरमा ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने नाराका साथ भएको कार्यक्रममा रेडक्रसका विभिन्न उपसमिति तथा ४८ उपशाखाका गरी ६० महिलाको सहभागिता रहेको रेडक्रस कास्कीका उपसभापति उर्मिला खड्काले जानकारी दिइन् ।

समारोहमा गण्डकी प्रदेश सभाका पूर्व सदस्य डा पुष्पा केसी भण्डारीले ८ मार्च र अन्तर्राष्ट्रिय नारी दिवस, पत्रकार दीपेन्द्र श्रेष्ठले आम सञ्चारमा महिलाको पहुँच र रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खडकाले रेडक्रस अभियानका बारेमा सहजीकरण गरे ।

Advertisement

उपसभापति खड्काले प्राकृतिक प्रकोप तथा मानवीय क्षेत्रमा कार्यरत रेडक्रसमा महिला सहभागिता बढाउन विभिन्न गतिविधि गरेको बताइन् । उनले रेडक्रस अभियानलाई केन्द्रमा राखेर महिलाको सशक्तीकरण र नेतृत्व विकासमा काम गरेको जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी कास्की मन्त्री सुरेन्द्र गुरुङले रेडक्रस कास्कीले हरेक समितिमा महिला सहभागिता बढाउन योजनाबद्ध ढंगले काम गरेको बताए । उनले लैंगिक तथा सामाजिक समावेशीकरण समितिले महिलाको नेतृत्व विकासका लागि बजेटसहितको कार्यक्रम ल्याउन सुझाव दिए ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले जेनेभा महासन्धिमा हस्तास्क्षर गरेको देशमा मात्र रेडक्रस सोसाइटी स्थापना हुने जानकारी दिए । उनले उनले एउटा देशमा एउटामात्र रेडक्रस सोसाइटी हुने बताए ।

तपाईको प्रतिक्रिया