बलरामको नेतृत्वमा ज्येष्ठ कल्याणकारी

पोखरा ।
ज्येष्ठ नागरिक कल्याणकारी संस्था पोखरा १३ आर्वाको दोस्रो अधिवेशनले बलराम सिग्देलको अध्यक्षतामा नयाँ समिति छानेको छ । ९ सदस्यीय कार्यसमिति सर्वसम्मत बनेको हो ।
संस्थामा उपाध्यक्षमा सुशीला बराल, सचिव युवराज बराल र कोषाध्यक्षमा कृष्णप्रसाद बराल छन् । संस्थाका सदस्यमा हरिप्रसाद बराल, सरस्वती बराल, लेखनाथ बराल, बालकृष्ण बराल र गिरीराज बराल चुनिए । सल्लाहकारमा रुद्रनाथ बराल, कृष्णप्रसाद बराल, कृष्णप्रसाद सिग्देल, होमनाथ बराल र बिमला बराल छन् ।
कार्यक्रममा पोखरा १३ का वडाध्यक्ष किरण बरालले ज्येष्ठ नागरिकको जीवन सहज बनाउन र सुरक्षाका लागि वडा कार्यालयबाट अधिकम प्रयास हुने बताए । उनले चाडै ज्येष्ठ नागरिकलाई धार्मिक स्थलहरुको भ्रमण गराउने योजना सुनाए । उनले ज्येष्ठ नागरिक विश्रामस्थल बनाउने घोषणासमेत गरे ।
मोहरपानी आदर्श टोल विकास संस्था पोखरा १३ का अध्यक्ष श्रीराम सिग्देलले ज्येष्ठ सबैका सम्मानित र अभिभावक भएको बताए । कुनै दिन सबै मानिस ज्येष्ठ नागरिक बन्ने हुँदा अहिले पनि सो यथार्थलाई मनन गरी व्यवहार गर्न अनुरोध गरे ।
संस्थाका अध्इक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरु दामोदर बराल, भीमबहादुर बराल, टेकनाथ बराल, युवराज बराल लगायतले बोलेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया