सुहानालाई डान्स उपाधि

समाधान संवाददाता २०७९ फागुन २८ गते २०:५५

पोखरा ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भएको पहिलो डान्स गण्डकी डान्सको उपाधि सुहाना गुरुङले जितेकी छन् । उपाधिसँगै उनले नगद ५० हजारका साथमा मोबाइल र बिभिन्न गिफ्ट प्राप्त गरिन् ।


शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले अन्तिम ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनी हाल पोखरा २ मा रहेको लाभिन रेसिडेन्सियल स्कुलमा कक्षा ३ मा अध्ययनरत छिन् ।


प्रतियोगिताको फस्ट रनर अफमा युना पुन, सेकेन्ड रनर अप अप्सरा क्षेत्री, तेस्रोमा दिव्या गुरुङ, चौथो रनर अफमा आयुसा पोख्ररेल छन् । भिअर च्वाइसमा सुजाता थापामगर, बेस्ट प्रर्फमरको उपाधि सीमा विकले हात पारे । फस्ट र सेकेन्ड रनरअपले मोबाइल सेटक साथमा नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

Advertisement


१० चरणमा पार गरी डान्सको फाइनल भएको हो । फिनाले प्रतियोगिताको जर्जका रुपमा नृत्य निर्देशक एवं कोरियोग्राफर महेश गोदार, धर्मेन्द्र पौडेल, रोशनी छिनाल थिए ।


कार्यक्रममा गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआजी बुद्धिराज गुरुङले प्रतियोगिताले गण्डकी प्रदेशमा रहेका नृत्य प्रतिभाको खोजी गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर हुनु आवश्यक रहेको जनाए । समारोहमा कार्यक्रम निर्देशक कमलराज खनाल, ब्यवस्थापक रोहन गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया