‘दुखी हुनु डिप्रेसन होइन’

समाधान संवाददाता २०७९ फागुन २९ गते १०:४७

पोखरा ।
मनोसामाजिक अपांगता भन्नाले मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति र उप्रति समाजको अवधारणा र उसले भोगेका अवरोधलाई जनाउँछ । अपांगता भएका व्यक्तिलाई पहिचान गर्न परिचयपत्रको व्यवस्था गरिएको हुन्छ ।

तर, मनोसामाजिक अपांगता भएकाले पनि सहज रुपमा परिचयपत्र पाउने वातावरण छैन । जनस्वास्थ्य सेवा ऐन २०७५ मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिए पनि अझै कार्यान्वयन आएको छैन ।

आइतबार कोसिस नेपालको आयोजनामा मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका नामक अन्तरक्रिया भएको भएको छ । कार्यक्रममा मिडियाले प्रयोग गर्ने शब्दले मनोसामाजिक समस्या भएका व्यक्तिमा पर्ने समस्याको बारेमा छलफल गरिएको हो । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्माले दुखी हुनु डिप्रेसन नभएको सुनाए ।

Advertisement

कार्यक्रममा नेपाली कानुन, ऐन तथा नितिमा मनोसमस्या भएका व्यक्तिप्रति प्रयोग गरिएका शब्दको बारेमा छलफल गरिएको थियो । देखा पर्दा उक्त व्यक्ति पद मुक्त हुने प्रावधान रहेकाले उक्त प्रावधान उचित नभएको भन्दै उपचार र सान्त्वना दिनुपर्नेमा उल्टै पदबाट राजीनामा दिनुपर्ने प्रशिक्षक शर्माको भनाइ छ ।

कुनै व्यक्तिले आत्महत्या गरेको समाचार मिडियाले सिलसिलेवर रुपमा प्रस्तुत गर्दा सो समाचारले नकारात्मकतातर्फ जोड दिन नहुने उनले बताए । समाज मिडियाले प्रस्तुत गर्ने सानासाना शब्दले ठूलो प्रभाव पार्ने हुँदा यसबारे पत्रकार तथा मिडिया थप सजग बन्नुपर्ने उल्लेख गरिएको थियो ।

Advertisement

मनोसामाजिक अपंगतासँग आत्महत्या पनि जोडिएको विषयमा छलफल गरिएको थियो । कोसिस नेपालको आयोजनामा भएको उक्त कार्यमा हरेक ४० सेकेन्डमा १ जना र प्रत्येक वर्ष ८ लाख मानिसले आत्महत्या गर्दै आएको तथ्यांक उल्लेख गरियो । १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो । विश्वमा हुने ७९ प्रतिशत आत्महत्या कम र मध्यम आय भएका देशहरूमा भएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा देशभर ५ हजार ७ सय ८५ जनाले आत्महत्या गरेका थिए । ०७७/७८ मा ७ हजार १ सय ४१, ०७८/७९ मा ६ हजार ८ सय ३० र ०७९/८० को पुस महिनासम्मको अवधिमा ३ हजार १ सय ६४ जनाले आत्महत्या तथ्यांक उल्लेख गरिएको थियो ।

आत्महत्याको कारणलाई केलायौँ भने ९० प्रतिशत आत्महत्या मानसिक समस्याको उपज भएको र नेपालमा दैनिक १८ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक अन्तक्र्रियामा प्रस्तुत गरिएको थियो ।

मानसिक स्वास्थ्य एक दिनमै बिग्रिने कुरा होइन । यसका विभिन्न कारण छन् जस्तैः सामाजिक–आर्थिक स्थिति, व्यक्तिगत जीवन परिस्थिति, वातावरण, गम्भीर वा दीर्घकालीन तनाव, नजिकको कसैको मृत्युको शोक, एक दीर्घकालीन शारीरिक स्वास्थ्य अवस्था, साथीहरूबीच सम्बन्ध पनि मानसिक समस्याका कारण हुन् ।

तपाईको प्रतिक्रिया