सिलिंगे सहकारीले बाड्यो विउ विजन

लेखनाथ ।
पोखरा महानगरपालिका २६ कालिकाचोकमा रहेको सिलिंगे कृषि उत्पादन सहकारी संस्थाले किसान प्रोत्साहनका लागि लहरे बाली र अदुवाको विउ बितरण गरेको छ । निर्वाहामुखी कृषिमा नभई आय मुलक कृषिमा जोडिन उत्प्रेरणा दिने उद्देश्यले संस्थाले हरेक वर्ष सेयर सदस्यलाई लहरे बाली र अदुवाको विउ बितरण गरेको हो ।
वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले कृषिमा आत्मनिर्भर हुन करेसावारी वा खेतमा तरकारी लगाउन स्थानीयलाई आग्रह गरे । कृषिजन्य उत्पादन खरिद मात्र होइन विक्री गर्न सक्ने गरी मेहनेत गर्नुपर्ने बताए ।
सहकारीले कृषिमा जोडिन ल्याएको योजना प्रशंसायोग्य भएको थापाले उल्लेख गरे साथै कृषिलाई आधुनिकरणको माध्यमबाट आय आर्जनमा जोडिनु पर्ने आवश्यकता रहेको उनले औंल्याए ।
संस्थाका अध्यक्ष ठाकुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सञ्जाल पोखरा २६ का संयोजक केशव ढुंगाना, संस्थाका सल्लाहकार मुरारी शर्मा, विउ विजन वितरण कार्यक्रमका संयोजक सुर्यप्रकाश वंजरा लगाएतले सहकारीले अगाडी सारेका योजनामा सेयर सस्दस्यहरुको साथ र सहयोग अनिवार्य भएको धारणा राखेका थिए ।
संस्थाका सचिव ईश्वरीप्रसाद अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष यदुनाथ बरालले राखेका थिए । कार्यक्रममा संस्थाका दुई सय भन्दा वढि सेयर सदस्यहरुलाई विउ विजन र करिव सात सय केजी अदुवाको विउ वितरण गरिएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया