पोखरा २८ मा कृष्णले बनाए मन्दिर

समाधान संवाददाता २०७९ फागुन ३० गते १९:२८

पोखरा, ३० फागुन
कास्कीको पोखरा २८ माझठानामा कुल मन्दिर निर्माण भएको छ । अमेरिकामा बस्दै आएका कृष्ण सुनारले आफ्नो जन्मभूमिमा करिब ८ लाख लागतमा मन्दिर बनाएका हुन् ।

Advertisement


कृष्णले आफ्ना बाआमाको स्मृतिमा पोखरा २८ माझठानामा मन्दिर बनाइदिएका हुन् । मन्दिरका लागि हरिसंशेर सुनार, भक्त सुनार र खेम सुनारले जग्गा उपलब्ध गराएका हुन् । नन्दराज सुनार र कुमार सुनारले समेत मन्दिर निर्माणमा सहयोग गरेका छन् । मन्दिर निर्माण सकिएपछि अब चाडै उद्घाटनको तयारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया