संस्कृति जोगाउन फेसन सो

समाधान संवाददाता २०७९ फागुन ३० गते १९:३६

पोखरा ।
तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा आयोजना भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडल ¥याम्पमा उत्रिए ।

Advertisement


पोखराको लेकसाइड स्थित हेरिटेजहोटलमा भएको फेसन सोमा नेपालको फेसन डिजाइनिङमा ख्याति कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल ¥याम्पमा उत्रेका थिए । गण्डकीसरकारका मुख्यमन्त्री खगराज अधिकारीले यसले नेपालको सांस्कृतिक प्रचारप्रसारमा टेवा पुग्ने बताए ।


उनले यस्ता कार्यक्रममार्फत् अहिलेका युवालाई नेपालको सभ्यता र सम्पदाका विषयमा समेत जानकारी मिल्ने जनाए । प्रदेश सरकार पनि प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षणमा लागि परेको भन्दै उनले सो कार्यक्रमको निरन्तरताको कामनासमेत गरे ।

Advertisement


कार्यक्रममा सो स्टपरको रुपमा पोखराका व्यवसायी एवम चलचित्रकर्मी सन्तोष अधिकारी ¥याम्पमा आएका थिए । उनले नेपालको संस्कृति झल्काउने पहिरन लगाए । अधिकारी यसअघि पनि नेपाल लगायत अस्ट्रेलियामा आयोजना गरिएको फेसन सोमा सो स्टपरको रुपमा ¥याम्पमा उत्रिएका छन् ।


चलचित्र आमाका सहनिर्मातासमेत रहेका अधिकारीले नै हेरिटेज अफ फेसन नेपालको अवधारणा ल्याएका हुन् । अधिकारीसँगै सुनिसा बजगाई, एन्जल श्रेष्ठ, स्विन्जा सुमन, दीपा मगर सो स्टपरको रुपमा ¥याम्पमा उत्रिए । फेसन सोमा डिजाइनहरु तिर्सना गुरुङ, रोबिन परियार, अमितेस कर्ण, मनिस बोगटी, आयुश ठकुरी, सजिना बिष्ट, ज्वालाराज पोखरेलको डिजाइन प्रस्तुत गरिएको थियो । काजल तामाङ र अमृता कुमारी बिष्टले मेकअपमा साथ दिएका थिए । नवराज श्रेष्ठको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा विवेक खतिवडाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया