त्रिशुली बस दुर्घटना अपडेटः मृत्यु हुनेकाे संख्या ७ पुग्याे

समाधान संवाददाता
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आज बिहान पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या सात जना पुगेको छ ।
काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेकाे हाे ।
मृत्यु हुनेमा काठमाण्डौंको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुल्न नसकेको प्रहरीले बताएको छ । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब ५० मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।





आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया