मुस्ताङको जोमसोममा सिभिल ईन्जिनीयर कक्षा सुरु

सुन्दरकुमार थकाली
मुस्ताङ
मुस्ताङ सदरमुकाम जोमसोममा पहिलो पटक प्राविधिक बिषयको सिभिल ईन्जिनीयर कक्षा संञ्चालनमा आएको छ । कक्षा संञ्चालन भएसंगै यहाँका बिद्यार्थीहरुको वर्षोदेखि सिभिल ईन्जिनीयर पढ्ने सपना साकार भएको हो ।
जोमसोमको जनहित माध्यमिक बिद्यालयले सिभिल कक्षाका लागि स्थानीय तहमा आवेदन बुझाएपछि स्थानीय तहले शिक्षा बिकास तथा समन्वय ईकाई मार्फत बिद्यालयको आवेदन शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर ७७ वटै जिल्लामा प्राविधिक विषय कोटाका लागि आहवान गरेको थियो ।
बिज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक बिषयका लागि आह्वान गरेपछि देशभरबाट करिव ३३ सय बढी आवेदन परेका थिए । जसमध्ये मुलुकभर १ सय ७ विद्यालयले प्राविधिक विषयका लागि अनुमति प्राप्त गरेका हुन् । मुस्ताङको ५ स्थानीय तहका विद्यालयले मध्ये घरपझोङको जनहित विद्यालयले मात्र आवेदन बुझाएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले जानकारी दिए ।
उनका अनुसार जिल्लामा १ मात्र विद्यालयले यसपटक प्राविधिक विषयका लागि संञ्चालन गर्न पाउ भनी आवेदन दिएको बताए । जनहित विद्यालयले अनुमति पाएसंगै अब मुस्ताङमा प्राविधिक विद्यालयको संख्या २ पुगेको छ । थासाङ २ कोवाङमा जनआदर्श माविले ५ वर्षअघि कृषि विषयका लागि अनुमति पाएको हो ।
प्राविधिक कक्षा संञ्चालनका लागि अनुमति पाएका विद्यालयलाई सरकारले प्रशिक्षक र सहायक प्रशिक्षक दरबन्दी उपलब्ध गराउने छ भने ल्याब समेतको व्यवस्था गर्ने छ ।जनहित माध्यमिक विद्यालयले पहिलो वर्ष कक्षा ९ बाट सिभिल कक्षा सुरुआत गरेको विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए । सिभिल कक्षा १२ पास गरेका विद्याथीले सवईन्जिनीयरको लागि लोक सेवा परीक्षा तथा बिई पढ्न पाउने व्यवस्था भएको उनको भनाई छ ।
सिभिल प्राविधिक विषयको अनुमति पाएको जनहित मावि जोमसोममा यसवर्ष कक्षा ९ मा १७ जना विद्यार्थी छनौट भएका छन् । जसमा छात्र ७ र छात्रा १० जना छन् । सिभिल ईन्जिनीयर विषयका प्रशिक्षक उमेश कडेलले कक्षा ९ को पहिलो कोर्षमा ६ वटा बिषय रहेको बताए ।
उनका अनुसार कम्प्यूटर, निर्माण कन्ट्रक्सन, सर्वे, खानेपानी, सिकर्मी लगायतका विषय छन् । यस्तै कक्षा १० को दोश्रो वर्षमा बिल्डिङ, रोड कन्ट्रक्सन, लागत स्टमेट र डिजाईन संम्वन्धि विषय थपिने छन् । प्रशिक्षक कडेलले विद्यार्थीलाई सिभिल तर्फको पढाईका साथै स्थानीय स्तरको फिल्ड अभ्यास समेत गराईने जानकारी दिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया