नौलो घुम्तीले बनायो प्रतीक्षालय

पोखरा ।
नौलो घुम्ती नेपालद्वारा कास्की जिल्ला, जिल्ला प्रशासन कार्यालय कास्कीको परिसरमा रहेको जीर्ण प्रतीक्षालय पुनर्निर्माण गरी एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार खड्गबहादुर बहादुर रानाभाटले प्रतीक्षालय पुनर्निर्माण भएसँगै जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई सहज हुने बताए ।
संस्थाका अध्यक्ष वद्रीविनोद खनालले जिल्ला प्रशासन कार्यलय कास्कीसँगको सहकार्यमा प्रतीक्षालयल पुनर्निर्माण गर्न पाउँदा गर्व महसुस भएको सुनाए ।
प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले नौलो घुम्ती नेपालले कास्की जिल्ला लगायत देशका विभिन्न जिल्लामा लागुपदार्थ परामर्श उपचार तथा पुनस्र्थापना तथा सामाजिक विकासका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेको र आगामी दिनमा पनि संस्थाले यसरी नै काम गरोस् भन्ने कामना गरे ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पनि बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया