पिएनमा प्रशासनले चुनाव नचाहेको आरोप

समाधान संवाददाता २०७९ चैत ३ गते १२:५७

पोखरा ।
स्वतन्त्र विद्यार्थी युनियन महत्वपूर्ण रहेको तर पृथ्वीनारायण क्याम्पस प्रशासनले नचाहेका कारण चैत ५ गते निर्वाचन नहुने अवस्था आएको आरोप विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

प्रेस क्लब गण्डकीले बिहीबार आयोजना गरेको स्ववियुको आवश्यकता र औचित्य विषयक कार्यक्रममा प्रमुख राजनीति दलमा आबद्ध संगठनका नेताहरुले क्याम्पसमा प्राज्ञिक वातावरण सिजना, विद्यार्थीका समस्याका समाधान गर्दै राजनीति चेतना विकासका लागि स्ववियु आवश्यक रहेको दावी गरे । उनीहरुले पृथ्वीनारायण क्याम्पस प्रशासन र निर्वाचन समितिले निर्वाचन गर्न नचाहेको आरोप लगाए ।

नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस सभापति गौरव बरालले क्याम्पस प्रशासनले निर्वाचनलाई अनावश्यक टाउको दुखाइको विषय बनाएको तर्क गरे । उनले क्याम्पस प्रमुखले विद्यार्थी संगठनलाई छलफलमै नबोलाएको गुनासो गरे ।

Advertisement

अध्यक्ष बरालले क्याम्पसको प्रमुख भूमिका रहेको र त्यसका अलावा निर्वाचन समिति, विभिन्न विद्यार्थी संगठन र ती संगठन बाहिरका अमुक राजनीतिक पात्रका कारण क्याम्पसमा स्ववियु निर्वाचन हुन नसकेको आरोप लगाए ।

उनले पृथ्वीनारायण क्याम्पसका सबै कम्युनिस्ट घटक विद्यार्थी संगठन एक ठाउँमा उभिएर आएप नि एक्लै सामना गर्न तयार रहेको जनाए । अनेरास्वियु पृथ्वीनारायण क्याम्पसका अध्यक्ष विष्णु पोखरेलले क्याम्पसमा स्ववियु नहुँदा शैक्षिक विकृति बढेको तर्क गरे ।

Advertisement

एकीकृत समाजवपादी निकट अनेरास्वियुका नेता सन्तोष न्यौपानेले क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूह बनाएर निर्वाचन भाड्न खोजेको आरोप लगाए । वर्षमा ११ महिना प्राज्ञिक विद्यार्थी परिषद र निवार्चन आउँदा स्वतन्त्र समूह बनाएर अदालत जानु निर्वाचन हुन नदिने षड्यन्त्र भएको उनको जिकिर छ ।

स्वतन्त्र विद्यार्थी समूह पृथ्वीनारायण क्याम्पसकी सचिव विप्लवी न्यौपानेले आफूहरुले विधान अनुसार नै समूह खडा गरेको जिकिर गरिन् । निवार्चन समितिले गलत नियत राखेर नाम परिर्वतन गरेकालmे अदालत गएको उनले सुनाइन् ।

उनले भनिन्, ‘प्राज्ञिक विद्यार्थी परिषद आफैंमा स्वतन्त्र सामाजिक संगठन हो । हामीलाई यस्ता प्रश्न र आरोप आउनु स्वभाविक पनि हो तर हामीले निर्वाचन भाड्न र स्ववियु रोक्न समूह दर्ता गराएका होइनौं ।’ उनले आफूहरु निर्वाचनको पक्षमा भए पनि बाध्य भएर अदालत गएको जनाइन् ।

अखिल क्रान्तिकारीका सचिन सिले क्याम्पसको स्ववियु निर्वाचन समितिले कार्यलयबाट डाटा लिक गरेका कारण निर्वाचन नभएको बताए । उनले प्रविधिको धेरै प्रयोग भइरहेको बेलामा डाटा दिने व्यक्तिको खोजी गरी कारवाही थाले ताला खोल्न तयार रहेको जनाए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले विद्यार्थी आन्दोलन सिथिल बनेको बताउँदै निर्वाचन गरेर विद्यार्थीका माग र मुद्दामा केन्द्रीत हुन आग्रह गरिन् ।

प्रेस क्लब गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गौरव त्रिपाठीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया