संमृद्धि सहकारीको विद्यालयलाई सहयोग

समाधान संवाददाता २०७९ चैत ३ गते १६:१३

लेखनाथ ।
पोखरा महानगरपालिका २७ तालचोकमा रहेको संमृद्धि बचत तथा ऋण सहकारी संस्थाले पोखरा २६ विजयपुरमा रहेको भवानी कालिका माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । सहकारीको आठौं स्थापना दिवसमा शुुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिनिया थापा र प्रधानाध्यापक रमेश भट्टराईलार्ई शौक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

विद्यालय तहसम्मै सहकारीको महत्व र आवश्यकतालाई बुझाउने उद्देश्यले विद्यालयलाई सहयोग गरिएको सहकारीका अध्यक्ष सुमन भटराईले बताए । पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीले आत्मसाथ गरेका लक्ष्य र उपयोगिताका बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको बताए । सहकारीले आर्थीक अवस्था कमजोर भएकाको जिवनस्तर उकास्न सहयोगीको भुमिका निभाउँदै आएको धारणा उनले राखे ।

सहकारीका सल्लाहकार बाबुराम गिरी, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय लगाएतले सहकारीले ठाउँ विशेषलाई हेरी उत्पादनसिल क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए । कार्यक्रममा संस्थाका सचिव नवराज तिवारी, उपाध्यक्ष प्रमोद भण्डारी र कार्यक्रम संयोजक सोभा पण्डितले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया