पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन गर्न विद्यार्थीकाे माग

पोखरा ।
देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा फागुन २६ गते लगाएको ताला अझै कायमै छ । अखिल (क्रान्तिकारी) विप्लव, अखिल (छैठौं), अखिल( क्रान्तिकारी) संयुक्तले संयुक्त रुपमा कर्मचारीले विद्यार्थीहरूको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै स्ववियु कार्यालय तालाबन्दी गरेका थिए । तर, विद्यार्थी संगठन र क्याम्पसविच सहमति हुन नसक्दा तालाखुलेको छैन ।
तालाबन्दी गर्ने ३ विद्यार्थी संगठनले आइतबार पत्रकार सम्मेलन गर्दै आफुहरु स्ववियु निर्वाचनको पक्षमा रहेको बताएको छ । तर, क्याम्पस प्रशासननै निर्वाचनको पक्षमा नदेखिएको आरोप ३ संगठनले लगाएका छन् ।
‘हामि क्याम्पस प्रशासन र निर्वाचन समितिसँग पटक पटक सम्वादमा बस्यौ तर प्रशासननै निर्वाचनको पक्षमा नदेखिए पछि निर्वाचन समितिले पनि राजिनामा गरेको अवस्था छ । यस्तो परिस्थितिमा हामिले चाहेर पनि निर्वाचन हुने अवस्था देखिएन,’ विज्ञप्तिमा भनिएको छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया