‘एमाले विचारमा चल्ने सशक्त पार्टी’

पोखरा ।
नेकपा (एमाले)को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा संगठन विस्तार ) अभियान २०७९ अन्तर्गत पार्टीको मजदूर इलाका कमिटी कस्कीले शनिबार कार्यकर्तालाई प्रशिक्षण दिएको छ ।
कार्यक्रममा मजदुर कार्यकर्तालाई पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज कृष्ण थापा, गण्डकी प्रदेश कमिटी सदस्य के शर्मा, गण्डकी प्रदेश सभाका पूर्व सदस्य मीना गुरुङ र जिल्ला कमिटी कास्की सचिव बैनबहादुर अधिकारी क्षत्रीले प्रशिक्षण दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा कास्कीका इन्चार्ज थापाले अभियानले एमालेलाई विचारमा आधारित अनुशासित र सशक्त पार्टी बनाउने बताए । विचारमा अन्योलतर दुविधा एमाले बाहेक अरु दलका कार्यकर्तामा भएको दाबी गर्दै उनले अभियानले आम जनता र अन्य दलका कार्यकर्तालाई एमालेमा आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
‘अभियान आधारभूत तहमा पार्टी सुदृढीकरण र संगठन निर्माणमा सफल हुनेछ,’ उनले भने, ‘अभियानले पार्टीको शक्तिलाई सर्वाधिक बलियो शक्तिका रुपमा स्थापित गर्ने छ । पार्टीका नेता तथा जनप्रतिनिधिलाई जनपक्षीय काम गर्न प्रेरित गर्ने छ ।’
उनले अभियान अन्तर्गत चैत महिनामा पार्टी सदस्यता नवीकरण र विस्तार, पार्टी प्रवेश र टोल बस्ती स्तरमा पार्टी कमिटी गठन पुनर्गठन र सदृढीकरण गर्ने जानकारी दिए । कार्यक्रममा मजदुर इलाका कमिटी अध्यक्ष तुलसीप्रसाद सुवेदी, कार्यवहाक सचिव हरि श्रेष्ठ, उपसचिव मिलन तिमिल्सिना लगायतले बोलेका थिए ।
यसैबीच, मिसन ग्रासरुट अभियान अन्तर्गत नेकपा (एमाले) पोखरा महानगर कमिटीको बैठकले अभियानको संक्षिप्त समीक्षा गर्दै अभियानलाई थप प्रभावकारी बनाउन कार्ययोजना निर्माण गर्नुका साथै कार्यविभाजनसमेत गरेको छ । एमाले पोखरा महानगर वडा कमिटी ३३ ले शनिबार अभियान अन्तर्गतको कार्यक्रम गरेको छ ।
पार्टीका गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले अभियानले सुदृढ पार्टी, सबल र सक्षम कार्यकर्ता तयार पार्ने जानकारी दिए । उनले स्थानीय स्तरमा सबै खालका गुनासो सुनेर एमालेलाई जनताको सहयात्री पार्टी बनाउने घोषणा गरे ।
कार्यक्रममा पार्टीका जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य शिवप्रसाद आचार्य, जिल्ला कमिटी कास्की सदस्य किसान सुनार, पोखरा महानगर कमिटी सचिव जीवन आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोगका उपाध्यक्ष रामजीप्रसाद लम्साल, वडा कमिटी पोखरा ३३ का अध्यक्ष दीपकराज लामिछाने, कमिटीका कार्यवहाक सचिव रमेशराज आचार्यले बोलेका थिए ।
अभियान अन्तर्गत नेकपा (एमाले) रुपा गाउँपालिका कमिटीले पालिकाका सबै वडामा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गरेको छ । रुपाको वडा नम्बर ४ को सिद्धमा शनिबार भएको कार्यकर्ता भेलामा ७० जना ज्येष्ठ कम्युनिस्टलाई सम्मान गरिएको गाउँपालिका कमिटी अध्यक्ष नीलकण्ठ रेग्मीले जानकारी दिए ।
पार्टी कमिटीले फागुन १९ देखि चैत्र ४ गतेसम्म ७ वटै वडामा भेला तथा प्रशिक्षण गरेको छ । सबै वडाको कार्यक्रम सकेर पालिका स्तरीय कार्यक्रम गर्ने योजना बनाएको अध्यक्ष रेग्मीले सुनाए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया