हुवावे मोबाइल फोनका प्रयोगकर्ता अब गुगलको सेवाबाट वञ्चित

समाधान संवाददाता २०७६ जेठ ६ गते ९:२०

एजेन्सी

गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित बनाएको छ । गुगलले हुवावेलाई प्राविधिक सहायतावाट बन्चित गरेको हो । गुगलको पछिल्लो कदमपछि हुवावेका नयाँ स्मार्टफोनहरूले गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् ।

उसका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूमा गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा पहुँच हुने छैन । हुवावेले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । यो निर्णयले हुवावेको सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने लक्ष्यमा भने धक्का पुग्ने देखिएको छ ।

Advertisement

अमेरिकी सरकारको पछिल्लो निर्णय कार्यान्वयनका क्रममा गुगलले यस्तो निर्णय गरेको हो । बुधवार ट्रम्प प्रशासनले हुवावेलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो ।

पछिल्लो पटक सुरक्षा चिन्ता देखाउदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न केही देशहरुले प्रतिबन्ध समेत लगाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया