लायन्स क्लबकाे द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा हुमागाईं निर्वाचित

पोखरा । सफल आवाज डट कमका प्रकाशक तथा प्रवन्ध सम्पादक दुर्गा प्रसाद हुमागाई शतप्रतिसत एस भोटबाट द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले लायन वर्ष २०२३÷०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंलाई चयन गरेको हो ।
तीनैजना उम्मेदवारहरुले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए । सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् ।
कन्भेन्सनको समुद्घाटन अघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँकि सहितको परेड आयोजना गरिएको थियो ।
‘प्रथम कन्भेन्सन सम्पन्न गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । डिष्ट्रिक्ट ३२५ के मा १५७ वटा क्लब आवद्ध रहेका छन् ।










सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया