उच्च अदालत बार एसोसिएसनका पदाधिकारीको पदस्थापन

पोखरा उच्च अदालत बार एसोसिएसनको अध्यक्षमा विष्णुप्रसाद शर्मा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन भएको छ । उनीहरुलाई नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको उपस्थितीमा पदस्थापन गराइएको हो ।
फागुन २५ भएको अधिवेशनमा सबै पदहरुमा एकल उम्मेदवारी परेपछि सबै निर्विरोध भएका थिए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्त दामोदर अधिकारीले सबै पदमा एकल उम्मेदवारी परेको भन्दै परिणाम घोषणा गरिएको बताए ।
गत विगत वर्षहरुमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन ९डिएलए० को एकलौटी समिति हुने गरेकामा यसवर्ष भने सहमतिबाट गरिएको छ । उपाध्यक्षमा गिरधारी सुवेदी, सचिवमा दुर्गेशराज पन्त, सहसचिवमा भुवन पराजुली काफ्ले र कोषाध्यक्षमा अनन्तप्रसाद कोइराला निर्वाचित भएका थिए । सदस्यमा मनोज घर्तीमगर, दिलबहादुर बस्नेत, अञ्जना बराल सुवेदी, ललिता रिमाल, गंगाप्रसाद सुवेदी, डण्डपाणि सुवेदी, धनबहादुर रानाभाट र महिला सदस्यमा सुजता ढकाल निर्वाचित भए । उच्च बार पोखरामा ४ सय ४४ जना सदस्य कायम छन् ।
पदस्थापन पछि नवनिर्वाचित अध्यक्ष शर्माले पुराना कार्यसमितिले भौतिक पूर्वाधारको काम गरिसकेकाले अब लाईब्रेररी बनाउन पहल गर्ने बताए । नेपाल बार काउन्सिलले सर्टिफिकेट बाड्ने तर कसरी व्यावसाय चलाएको छ भनेर नहेर्ने प्रवृत्ति अन्त्य गर्न लाग्ने बताए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया