ढाकाको सांस्कृतिक कार्यक्रममा पोखरेली टोली

पोखरा ।
बंगलादेश र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएका छन् । फागुन ३० देखि चैत ४ गतेसम्म भएका कार्यक्रममा सहभागी भएर पोखरा प्रज्ञा प्रतिष्ठानको टोली ढाकाबाट स्वदेश फर्किएको छ ।
प्रतिष्ठानका कुलपति पदमराज ढकालको नेतृत्वमा १४ सदस्यीय सांस्कृतिक समूह फागुन २९ गते ढाका प्रस्थान गरेको थियो ।
चैत १ गते भएको सांस्कृतिक कार्यक्रममा बंगलादेशका संस्कृति राज्यमन्त्री केएम खालिद, बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष मोसिउर अहमद, नेपालका लागि बंगलादेशका राजदूत घनश्याम भण्डारी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, सांस्कृतिक कार्यक्रमका संयोजक घुलम कुददुस र सभापति मोशिउर अहमदले कूटनीतिक सम्बन्धका विविध आयामबारे बोलेका थिए ।
यस्ता कार्यक्रमले संस्कृति, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा समेत सम्बन्ध बलियो बन्ने वक्ताहरुले बताए । कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट संगीत प्रस्तुतिका साथमा सोरठी, कौरा, तमाङ सेलो, लोकगीत, रष्ट्रिय गीत, मैथिली गीत, रेसम फिरिरी लगायत १० वटा प्रस्तुति राखिएको थियो ।
बंगलादेशको तर्फबाट ४ गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । नेपाली टोलीमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति ढकाल, सदस्यहरु प्रकाश शवाली, जीवन दाहाल, दिलीप गायक, कार्यालय प्रमुख मोतीराज पोखरेल सहभागी थिए । टिममा कलाकारहरु जसमाया गुरुङ, संगीता शाही खड्गी, राजबहादुर गुरुङ, कुशन गायक, सरिता गायक, सनबहादुर गुरुङ, सुजन थापामगर, ईश्वरी राना, सजिना गुरुङ थिए ।
कला प्रदर्शनीतर्फ नगेन्द्रप्रसाद पौपाल, अनुराधा थापा, एससी सुमन, रामपूजन ढाकुर, विमार रोनियार, उदय बज्राचार्यको सहभागिता थियो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया