लायन्स डिस्ट्रिक्ट ३२५ को गभर्नरमा सुचित्रा

समाधान संवाददाता २०७९ चैत ६ गते १७:२३

पोखरा ।
लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनले २०२३–२०२४ का लागि डिस्ट्रिक्ट गभर्नर चुनेको छ । गभर्नरमा सुचित्रा थापा, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा निरा बज्राचार्य र द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नरमा दुर्गाप्रसाद हुमागाईं छन् ।

हुमागाईं सफल मिडिया हाउसका अध्यक्षसमेत हुन् । तीनै जना उम्मेदवारले यसअघि शतप्रतिसत एस भोटको अपेक्षासहित नोमिनेसन दर्ता गराएका थिए ।

सामाजिक सेवामा अब्बल मानिने अन्तर्राष्ट्रिय संस्था अन्तर्गत लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको पहिलो कन्भेन्सनबाट उनीहरुले शतप्रतिसत एस भोट पाएर निर्वाचित भएका हुन् ।

Advertisement

कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । त्यसअघि शनिबार बिहान चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म सांस्कृतिक झाँक्रीसहितको परेड आयोजना गरिएको थियो ।

कन्भेन्सन गर्न २१ वटा विभिन्न उपसमिति बनाइएको थियो । डिस्ट्रिक्ट ३२५ के मा १ सय ५७ वटा क्लब आवद्ध छन् ।

Advertisement

तपाईको प्रतिक्रिया