स्वरोजगार बनाउन तालिम सुरु

समाधान संवाददाता २०७६ जेठ ६ गते १२:४२

समाधान संवाददाता
पोखरा

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको आयोजनमामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालिम सुरु भएको छ । तालिममा कास्कीसहित देशका विभिन्न भागका करिब ३२ जनाको सहभागिता छ ।

उद्यमशीलता अभिवृद्धि गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिम जेठ १५ गते सकिनेछ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले तालिम स्वरोजगारमा केन्द्रित भएको बताए । आफूले आफ्नो जिम्मेवारी लिनु भनेको स्वरोजगार बन्नु हो भन्दै उनले व्यक्ति कुशल भए राष्ट्र र समाजले पनि लाभ पाउने तर्क गरे ।

Advertisement

उद्यमशीलता विकास पोखरा उद्योग वाणिज्य संघको मुख्य लक्ष्य भएको बताउँदै उनले उद्यमशीलता विकासका लागि आवश्यक पर्ने तालिम उपलब्ध गराउन संघ सधै तयार रहेको बताए । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कामु निर्देशक रामप्रसाद तिवारीले तालिम व्यवसायको सुरुवात भएको तर्क गर्दै सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले दक्ष जनशक्तिको अभाव पूर्तिका लागि संघ सदैव प्रयत्नशील भएको बताए ।

संघका उपमहासचिव तथा तालिम व्यवस्थापन उपसमिति संयोजक चिनु गुरुङले आत्मनिर्भर बन्नका लागि सीप र दक्षता आवश्यक पर्ने उल्लेख गरिन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका वरिष्ठ अधिकृत समिता श्रेष्ठले व्यवसाय व्यवस्थापन र उद्यमशीलता तालिमले उद्यमशीलता विकासमा सहयोग पुगेको धारणा राखिन् ।

Advertisement

तपाईको प्रतिक्रिया