चेम्बर फेवा इकाइमा तुलसी

समाधान संवाददाता २०७९ चैत ७ गते १२:०८

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स फेवा इकाइको दोस्रो अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष तुलसी दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष कमल भुजेल, उपाध्यक्ष विश्वराज आचार्य, महिला उपाध्यक्ष जुना अधिकारी, सचिव सूर्यनाथ पौडेल, कोषाध्यक्ष भीष्मा नेपाली छन् ।

इकाइ सदस्यमा गोपी तिमिल्सिना, सीता गौतम, मनहरि चालिसे, अर्जुन सुवेदी, संगीता अधिकारी आचार्य, रामविश्वास शाह चयन भएको अध्यक्ष दाहालले जानकारी दिए । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलले अधिवेशनको उद्घाटन गर्दै सबै तहका उद्योगी, व्यवसायीलाई समेट्दै संस्थागत संरचनालाई विस्तार गरेको बताए ।

उनले पोखरा महानगरपालिका वडा स्तरमा इकाइ गठन तथा पालिका स्तरमा संयोजक तोकेर संरचना बनाउने तयारी गरेको उनले उल्लेख गरे ।

Advertisement

पोखरा महानगरलाई भौगोलिक रुपमा विभाजन गरिएका इकाइको समन्वयमा वडा स्तरमा इकाइ विस्तार गरिएको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगरका वडा तथा पालिका स्तरको संरचना बनाएर चेम्बर अभियानलाई सशक्त बनाइनेछ ।’ उनले पर्यटकीय क्षेत्र लेकसाइटमा गठन भएको फेवा इकाइलाई पर्यटनको प्रवद्र्धन र संस्थागत हितमा काम गर्न सुझाव दिए ।

अध्यक्ष पौडेलले पोखरा चेम्बरले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गण्डकी वागमती र लुम्बिनी प्रदेशका जिल्लामा अभियान गरेको जानकारी दिए । पछिल्लो समयमा धेरै जसो उद्योगी र, व्यवसायी बैंक तथा वित्तीय संस्थाले बढाएको चर्को ब्याजदरको मारमा रहेको उनले उल्लेख गरे ।

Advertisement

अध्यक्ष पौडेलले उद्योग व्यवसायको प्रवद्र्धन गर्दै सरकारले व्यवसायीको मनोबल बढाउने काम गर्न पर्ने माग गरे । पोखरा चेम्बर अफ कमर्स कास्कीका वाणिज्यतर्फका उपाध्यक्ष प्रेम सुदेदी, महासचिव नवराज आचार्य, फेवा इकाइका अध्यक्ष कमल भुजेल, महासचिव तुलसी दाहाल, विश्वराज आचार्य लगायतले निजी क्षेत्रको समस्याका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया