‘मिश्रित निर्वाचन प्रणालीले अस्थिरता’
पोखरा ।
निर्वाचन पर्यवेक्षण समिति नेपालका प्रतिनिधि राजाराम बर्ताैलाले वर्तमान मिश्रित निर्वाचन पद्धतिले गर्दा यथास्थितिमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था नभएको बताएका छन् । संसदमा कसैको बहुमत नहुँदा राजनीतिक ध्रुवीकरण तीव्र हुँदै गएको उनले उल्लेख गरे ।
‘राजनीतिक दलको शीर्ष नेतृत्वमा व्यक्तिगत व्यवहार भन्दा पनि अहंकारले ठाउँ लिदै गएको छ,’ उनले भने, ‘राजनीतिक गठबन्धनको निर्माण नीति विधि, सिद्धान्तमा आधारित रहेरभन्दा पनि शासकीय शक्ति तथा लाभका पद बाँडफाँडमा केन्द्रीत हुँदै छ ।’
बर्ताैलाले अस्थिर सरकारबाट राजनीतिक अस्थिरता सिर्जना हुने र मुलुक अस्थिरताको दलदलमा भासिने दाबी गरे । यस्तो अवस्थामा लोकतन्त्रले धरातल समात्न नसक्दा झन कमजोर हुने तर्क गर्दै उनले मुलकले स्थायित्व लिने सम्भावना क्षीण हुने बताए । राजनीतिक पद्धति असफल हुँदा बाह्य तत्वले खेल्ने अवसर पाउने चर्चा गर्दै उनले पश्चगामी शक्तिको प्रभाव बढ्नुका साथै नागरिकमा राजनीतिप्रति वितृष्णा आउने जनाए ।
‘यस्तो अवस्थामा विद्रोहको आवाज आउँछ । अराजकता वृद्धि हुन्छ । विद्वैष फैलन्छ,’ उनले भने, ‘समाज अधोगतितर्फ उन्मुख हुन्छ । मित्र राष्ट र दातृ निकायको विश्वसनीयतामा कमी आउँछ । भ्रष्टाचार, दण्डहीनता र अराजकता बढ्छ । आर्थिक अव्यवस्था आउँछ ।’ उनले निर्वाचन प्रणाली अति खर्चिलो भएको बताए । निर्वाचनमा खर्चको स्रोत समेत पारदर्शी नभएको उनले उल्लेख गरे ।
निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले निर्वाचन पद्धति तथा शासकीय स्वरुपको बारेमा सबै दलको घोषणापत्रमा एकरुपता नभएको बताए । कुनै दलले मिश्रित तथा कुनै दलले पूर्ण समानुपातिक निर्वाचन पद्धतिको वकालत गरेको जानकारी दिँदै उनले कुनैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको समेत वकालत गरेको चर्चा गरे । उनले संस्थाले २०७४ सालको निर्वाचनदेखि राजनीतिक दल तथा उम्मेद्वारले गरेको खर्चको विषयमा अनुसन्धान गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा निर्वाचन पर्यवेक्षण समिति नेपालका महासचिव तुलबहादुर कँडेल, कोषाध्यक्ष बद्रीप्रसाद सिवाकोटी, नेपाली कांग्रेस कास्की उपसभापति रामबाबु भण्डारी, नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका कार्यालय सचिव हिराकुमारी गिरी, नेकपा (माओवादी केन्द्र)का प्रतिनिधि राजकुमार दुलाल ‘सुवर्ण’, इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेल, सयपत्री समाज पोखराका अध्यक्ष प्राडा कृष्णबहादुर केसी, पूर्व अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, सचिव गिरधारी सुवेदी लगायतले निर्वाचनले राजनीतिक प्रणालीलाई दिशा निर्देश गर्नुपर्ने बताए । निर्वाचन पर्यवेक्षण समिति नेपाल र सयपत्री समाज कास्कीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया