जन्मदिनमा जानकी स्कुललाई पुस्तक

समाधान संवाददाता २०७९ चैत १० गते ११:११

पोखरा ।
सञ्चारकर्मी अनिषा बरालले आफ्नो जन्मदिनमा विद्यालयलाई पुस्तक हस्तान्तरण गरेकी छन् । मंगलबार पोखरा १७ महतगौडामा रहेको जानकी माविमै पुगेर उनले प्रधानाध्यापक अर्जुन कँडेललाई १० हजारका पुस्तक हस्तान्तरण गरेकी हुन् ।

सामान्य नेपाली अध्ययन गर्ने सरकारी विद्यालयका बालबालिकाको ज्ञानको क्षितीज फराकिलो बनाउन पुस्तक प्रदान गरेको बरालले बताइन् ।

प्रधानाध्यापक कँडेलले स्कुलमा पुस्तकालय भए पनि पुस्तक पर्याप्त नभएको सुनाए । उनले सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न शिक्षक, विद्यालय, सरकारी निकाय, अभिभावकसहित स्थानीयको पनि उल्लेख भूमिका हुने औंल्याए ।

Advertisement

जानकी माविमा अहिले वनविज्ञानको ३ वर्षे कोर्ससमेत अध्यापन भइरहेको छ । जानकी मावि र गण्डकी बहुप्राविधिक शिक्षालयको साझेदारीका यो कार्यक्रम चलाइएको गण्कडी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । विद्यालयमा कम्प्युटर प्रयोगशाला र विज्ञान प्रयोगशाला बनिसकेका छन् भने थप ४ कोठे भवन निर्माण भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया