यतीको चालक दलका परिवारलाई पेन्सन

काठमाडौं ।
पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानका चालक दल ४ सदस्यका परिवारले सामाजिक सुरक्षा कोषबाट पेन्सन पाएका छन् । कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध चालक सदस्यका परिवारले पेन्सन रकम पाएको कोषले जनाएको हो ।
यती एयरलाइन्सको एटीआर–७२ विमानका क्याप्टेन कमल केसी र अञ्जु खतिवडा, विमान परिचारिका ओशिन आलेमगर र सृजना हुन्चुङको दुर्घटनामा निधन भएको थियो ।
माघ १ गते भएको दुर्घटनामा निधन भएका क्याप्टेन केसीले यतिमा आधारतभूत पारिश्रमिक ४२ हजार ५ सय पाउँथे । उनकी श्रीमती सिलु थापा क्षेत्रीले केसीले खाइपाई आएको आधारतभूत तलबको ६० प्रतिशतका दरले हुने २५ हजार ५ सय रुपैयाँ मासिक रुपमा पेन्सन पाएकी छन् । क्षेत्रीले यो रकम बाचुञ्जेल पाउने छिन् ।
केसीका छोरा आर्यनले बाबुले खाइपाइ आएको आधारभूत तलबको ४० प्रतिशत १७ हजार रुपैयाँ मासिक पाएका छन् ।
आर्यनले भने १८ वर्षसम्म यो सुविधा पाउनेछन् । उनले अध्ययनलाई २२ वर्षसम्म निरन्तरता दिए भने यो सुविधा २२ वर्षसम्मै उपलब्ध हुनेछ ।
क्याप्टेन अञ्जु केसीको आधारतभूत मासिक ३५ हजार थियो । उनका श्रीमान सुवासले अञ्जुले खाइपाइ आएको तलबको ६० प्रतिशत अर्थात् २१ हजार पेन्सन जीवनभर पाएका छन् । अञ्जुका छोरा श्रेयानले पनि आमाले पाएको मासिक पारिश्रमिकको ४० प्रतिशतले हुने १४ हजार रकम १८ वर्षसम्म पाउनेछन् ।
विमान परिचारिका सिर्जना हुन्चुङले मासिक आधारभूत पारिश्रमिक १२ हजार पाउँथिन् । उनी अविवाहित भएकाले उनका बुवा रिमबहादुर र आमा खिमसराले दामासाहीमा छोरीले पाएको आधारभूत मासिक पारिश्रमिकको ६० प्रतिशतले हुने ७ हजार २ सय रुपैयाँ बाचुञ्जेल पाउनेछन् ।
अर्की विमान परिचारिका ओसिन आलेमगरको आधारभूत पारिश्रमिकको ६० प्रतिशत ६ हजार २४४ रुपैयाँ उनका बुवा मोहनकुमार लामा र आमा सवनम आलेमगरले दामासाहीमा जीवनभर पाउनेछन् ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया