निश्चल बने मिस्टर पोखरा

समाधान संवाददाता २०७९ चैत १२ गते ११:०७

पोखरा ।
मिस्टर पोखराको दोस्रो शृंखलाको उपाधि कास्कीका निश्चल केसीले जितेका छन् । शुक्रबार बेलुका भएको एनएफबिएफ सिटी जिम दोस्रो मिस्टर पोखरा शारीरिक सुगठनको उपाधि जितेका केसीले ५ प्रतियोगीलाई फाइनल राउन्डमा पछि पारे ।

उनले ट्रफीसहित नगद १ लाख ५० हजार पाए । केसी पोखरा विन्ध्यवासिनी स्थित मोन्स्टर जिमका खेलाडी हुन । केसीले ७५ केजी तौल समूहमा समेत उपाधि हात पारे । ७५ केजी तौल समूहमा सुरज विके दोस्रो र कृष्ण भण्डारी तेस्रो बने । ७० केजी तौलमा कास्कीका यमन्तराज गुरुङले उपाधि जिते ।

सञ्जीव पुन दोस्रो हुँदा उक्त विधामा गौतम राना तेस्रो भए । ७५ केजीभन्दा माथिको समूहमा भएको प्रतिष्प्रर्धामा तनहुँका सन्तोष श्रेष्ठले उपाधि जिते । कुशलप्रसाद गुरुङ र दिनेस थापा क्रमशः दोस्रो र तेस्रो बने ।

Advertisement

६५ केजी तौलमा नवलपरासीका नवराज डुम्रे प्रथम, कपिल घलान दोस्रो र भानुभक्त कठारिया भए । ६० केजी तौल समूहमा रुपन्देहीका सुनील आले प्रथम, जलबहादुर चौधरी दोस्रो र सामुयल गुरुङ तेस्रो भए । ५५ केजी तौलमा सुर्खेतका अमित रोका क्षेत्री प्रथम, रोहित श्रेष्ठ दोस्रो र आकाश गुरुङ तेस्रो स्थानमा रहे ।

मेन फिजिक्स १७० सिएम उचाइभन्दा मुनिका खेलाडी सहभागी प्रतिष्प्रर्धामा कास्कीका सुनील सेन ठकुरीले उपाधि जितेका छन् । सो विधामा सुरेश गुरुङ दोस्रो र अनिल गुरुङ तेस्रो भए । मेन फिजिक्स १७० सिएम उचाइभन्दा माथिका खेलाडी सहभाही प्रतिष्पर्धामा पर्वतका सिजन गुरुङ प्रथम, सविन गुरुङ दोस्रो र भिवन गौतम तेस्रो भए ।

Advertisement

महिला तर्फको वेलनेस फिजिक्स विधामा स्याङ्जाकी बिनु जिटी पहिलो र रविना कुँवर दोस्रो भइन् । कास्की बडिबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा प्रतियोगिता भएको संस्थाका सदस्य नुना गुरुङले बताए । प्रतियोगितामा गण्डकीसहित लुम्बिनी, कर्णाली र सुदुरपश्चिमाञ्चल गरी ४ प्रदेशका खेलाडी सहभागी छन् ।

प्रतियेगितामा २ जना महिलासहित करिब ६० खेलाडी सहभागी छन् । विभिन्न ६ वटा तौल उमेरमा विजेता भएकालाई जनही २० हजार, उपविजेतालाई १२ हजार र तेस्रो हुनेलाई ७ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएकोे एसोसियसन कास्की अध्यक्ष राकेश जोशीले बताए ।

मेन र वुमन्स फिजिक्सतर्फका विजेताले भने जनही २५ हजार पुरस्कार प्राप्त गरे । दोस्रो हुनेले १२ हजार र तेस्रोले ७ हजार पाए । विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका कार्यालय प्रमुख टोपलाल भुषाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, मुख्य निर्णायक राजेन्द्र तुलाधर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया