पत्रकारको आँखाको उपचार सित्तैमा

पोखरा ।
नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा एक दिने निशुल्क आँखा शिविर हुने भएको छ । पत्रकार महासंघ कास्की परिसरमा हुने महासंघको ६७ औं स्थापना दिवस र नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको उपलक्ष्यमा सोमबार शिविर हुन लागेको हो ।
देशका सातै प्रदेशमा रहेका पत्रकारका लागि निशुल्क शिविर आयोजना गर्ने समझदारी बमोजिम गण्डकी प्रदेशको लागि पोखरामा सोमबार बिहान ८ बजेदेखि १२ बजेसम्म शिविर तय भएको छ ।
शिविरमा आँखा जाँच गराउने पत्रकारका लागि आवश्यक परेमा चश्मादेखि शल्यक्रियासमेत निशुल्क गरिने नेत्रज्योति संघ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिए ।
पत्रकारका लागि शिविर सञ्चालन गर्ने केन्द्रको नीति बमोजिम पोखरामा शिविर गर्न लागिएको नेत्रज्योति संघ कास्की सचिव सुरेन्द्र थापाले बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजन र नेत्रज्योति संघ अन्तर्गत रहेको हिमालय आँखा अस्पतालको आयोजनामा हुने शिविरको तयारी पूरा भएको पत्रकार महासंघ गण्डकी प्रदेश समिति सचिव यदुनाथ बन्जाराले बताए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया