एमाले पोखरा १९ को रक्तदान

पोखरा ।
नेकपा एमाले वडा कमिटी पोखरा १९ ले आयोजना गरेको रक्तदानमा ४४ युनिट रगत संकलन भएको छ । पुरून्चौरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य दामोदर वैरागी पौडेलले पहिलो रक्तदाता अनुषा पहारी पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।
पौडेलले एमाले सरकारबाट बाहिर भए पनि जनताका समस्यालाई सदैव उठाइरहने बताए । उनले रक्तदान मानवीय कार्य भएको र खेर जाने रगतले अरू कसैको जीवन बचाउन सकिने हुँदा यसलाई नियमित क्यालेन्डरमा राख्नुपर्ने सुझाए ।
एमाले वडा कमिटी अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य माधव बास्तोला, सदस्य दीपक पौडेल, सञ्जीव कोइराला, उमानाथ गौतम, जिल्ला कमिटीकसदस्य सुरेन्द्रमान सिंह भण्डारी, अर्जुन अधिकारी, महानगर कमिटीका कृष्ण गौतम, लक्ष्मी अधिकारी, शेखर गौतम, वडा सदस्य विकास आचार्य, नवराज केसी, कल्पना सुनार, दुर्गादेवी बस्नेत लगायतले बोलेका थिए ।
एमालेले जारी राखेको मिसन ग्रासरूट अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा पार्टी निकट जनवर्गीय संगठनको सहकार्य थियो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रहेको कार्यक्रम सञ्चालन वडा कमिटीका सचिव विकास गौतमले गरेका थिए ।









गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरा कलेजमा तालिम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया